भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

शुक्रबार सरकारको नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिले प्रस्तुत गर्ने

शुक्रबार सरकारको नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिले प्रस्तुत गर्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ । सरकारले आर्थिक वर्ष २०८० र ८१ को नीति तथा कार्यक्रम शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन ।

भारतमा स्वास्थ्य उपचार गराएर फर्किएपछि शीतल निवासमै आराम गरिरहेका राष्ट्रपति पौडेल आफैंले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ । संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको वा दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने व्यवस्था छ।

संघीय संसद् सचिवालयका अनुसार राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि प्रतिनिधिसभाको अर्को बैठक साँझ ६ बजे बस्ने कार्यसूची छ। यसअघि राष्ट्रपति पौडेलको कमजोर स्वास्थ्य अवस्थाका कारण नीति तथा कार्यक्रम कसले प्रस्तुत गर्ने भन्ने दुविधा थियो । राष्ट्रपतिको सम्बोधनपछि बस्ने प्रतिनिधिसभाको बैठकले राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिले गरेको सम्बोधनको प्रति ‘टेबुल’ गर्नेछन्। बैठकमा सभामुख देवराज घिमिरेले धन्यवादको प्रस्ताव प्रस्तुत गर्नेछन्। सचिवालयका अनुसार नीति तथा कार्यक्रममाथि जेठ ७ देखि ९ गतेसम्म राष्ट्रिय सभामा छलफल हुनेछ। छलफलका क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले जेठ ९ गते दिनेछन्।

 


Thali Mobile Pvt.Ltd.