काठमाडौं । गत सोमबार सेयर कारोबार बन्द भएकोबारे अर्थमन्त्री जनार्दन शर्माले छानबिन गर्न निर्देशन दिएका छन् ।
मन्त्रालय मातहतका निकायको दोस्रो त्रैमासिक समीक्षा कार्यक्रममा बोल्दै मन्त्री शर्माले तत्काल छानबिन गर्न र समस्या दोहोरिन नदिन धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अधिकारीलाई कडा निर्देशन दिएका हुन् ।
ब्रोकरको ब्रोकर डाटा सेन्टरमा समस्या देखिएपछि सोमबारको सेयर कारोबार स्थगित भएको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबारको सेयर कारोबार बन्द भएको जनाएको थियो।
अर्थ मन्त्रालय मातहतका महालेखा नियन्त्रक कार्यालय, भन्सार विभाग, आन्तरिक राजस्व विभाग, ऋण असुली न्यायाधीकरण, राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल बैङ्क, कृषि विकास बैङ्क, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सञ्चय कोष,
राजस्व परामर्श समिति, एमसीसी परियोजना, बीमा समिति, बीमा संस्थान, बीमा कम्पनी, नेपाल राष्ट्र बैङ्कलगायतको दोस्रो त्रैमासिक समीक्षा सम्पन्न भएको हो ।
