भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

श्री बाराही बचत तथा ऋण सहकारी संस्थाको रजत वर्ष उद्घाटन नेमकिपा अध्यक्ष विजुक्छेंले गर्ने, आज खुल्ला रक्तदान सम्पन्न

श्री बाराही बचत तथा ऋण सहकारी संस्थाको रजत वर्ष उद्घाटन नेमकिपा अध्यक्ष विजुक्छेंले गर्ने, आज खुल्ला रक्तदान सम्पन्न

भक्तपुर । श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.ले रजत वर्षको अवसरमा रक्तदान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । २५ औं स्थापना दिवसको उपलक्ष्यमा सूर्यविनायक चोकमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ९ महिला र ४६ जना पुरुष गरी ५५ जनाले रक्तदान गरेका छन् । शुभारम्भ समारोहको उद्घाटन भने श्रावण ४ गते नेमकिपाका अध्यक्ष बारायणमान विजुक्छेले गर्ने सस्थाका अध्यक्ष विश्वराम त्वायनाले बताए ।

उक्त कार्यक्रममा सम्पूर्ण सदस्यहरुलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको सस्थाका निवर्तमान अध्यक्ष बलराम प्रजापतिले बताए । संस्थाको प्राङ्गणबाट ¥यालि निकालेर नगर परिक्रमा गरेर अजिमा पाटी प्यालेस, बाराहीस्थानमा कार्यक्रम आयोजना गरिएको संयोजक कृष्ण भक्त बोडेले बताए । यस्तै स्थापना दिवसको अवसरमा ६८ वर्ष देखिमाथिका जेष्ठ सदस्यहरुलाई सम्मान गरिने सस्थाले जनाएको छ ।

त्यसका लागि जेष्ठ सदस्यहरुले संस्थामा नाम दर्ता अनिवार्य गराउन अनुरोध गरेको छ । समुदायमा आधारित सहकारी भएर होला कुनै समस्या नभएको र मनपरी पैसा लगानी गर्ने सञ्चालक समिति पनि नभएको सस्थापक अध्यक्ष राधेश्याम सुवाले बताए । केही गर्न परे पनि सल्लाह अनुसार गरिने भएकाले सदस्यको बचतलाई सहि सदुपयोग गरेको उनको भनाइ छ । समुदायको निर्णय नै सर्वोपरि हुने भएकाले यस सहकारीले सहि छाप छोड्न सफल भएको बताए ।

हेर्नुहोस् भिडियो…

रक्तदान गरिसकेपछि शरिरमा कुनै समस्या नआएको शिवराम सुवालले बताए । ब्लड डोनेशन जति गरेपनि राम्रो हुने भएकाले आफुले डोनेट गरेको उनको भनाइ छ । त्यस्तै आफुले तीन पटक रक्तदान गरेको युवराज तामाङले बताए । अरुले पनि रक्तदानमा सहभागि भएर जीवन बचाउन र पूण्य कमाउन आग्रह गरे ।

तस्वीरमा..श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को रजत वर्ष उद्घाटन नेमकिपा अध्यक्ष विजुक्छेंले गर्ने, आज खुल्ला रक्तदान सम्पन्न

 


Thali Mobile Pvt.Ltd.