भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

संगीतकार सन्तोषको फरैना सार्वजनिक

संगीतकार सन्तोषको फरैना सार्वजनिक

काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठको ‘फरैना’ उपन्यास सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उपन्यास सार्वजनिक गरिएको हो । गिनिज बुक अफ वल्र्ड रेकर्ड होल्डर श्रेष्ठले लामो समयदेखि सांगीतिक क्षेत्रमा लागेपनि उनको यो पहिलो उपन्यास कृति हो ।

थारु समुदायका महिलाले भोग्नु परेको समस्यालाई केन्द्रमा राखेर लेखिएको फरैना पढ्दा आफू निकै भावुक भएको र पढ्दा पढ्दै भक्कानिएर रोएको सांसद शान्ता चौधरीले सुनाइन् । उनले भनिन, ‘उपन्यास पढ्दै गर्दा मैले हरफ हरफमा आफ्नै चित्र भेटें’ र पढ्दा पढ्दा निरन्तर आँखाबाट आँसु बगिरह्यो ।’

उपन्यासमा मानवीय संवेदना र प्रकृतिको सुन्दर चित्रण गरिएको भन्दै गीतकार कृष्णहरि बरालले उपन्यासका सुन्दर पक्षको वर्णन गरे । त्यस्तै नायक राजेश हमालले मान्छेका हरेक संवेदनाहरूको चित्रण यस उपन्यसामा गरिएको बताए । फरैनाको प्रसंसा गर्दै उनले भने, ‘संवेदनालाई सरलीकरण गरिएको सुन्दर नमुना नै यस उपन्यासको विशेषता हो ।’

आफ्नो पारिवारिक सम्वन्ध थारु समुदायमा रहेको भन्दै हमालले थारुसमुुदायका महिलाको पीडा आफ्नो पीडा भएको सुनाए । त्यस्तै संविधानविद् भिमार्जुन आचार्यले श्रेष्ठको उपन्यासको बनोट र बनोट लोभलाग्दो भएको टिप्पणी गरे । लेखक सन्तोषले उपन्यासलाई आफ्नो संवेदनाको प्रतिरुपका रुपमा अर्थ्याए ।

उनले भने, ‘मेरो मानसपटलमा लामो समयदेखि सलबलाएको चेतनाले आख्यानको यो आकार ग्रहण गरेको छ, लकडाउनको समयले यो उपन्यास जन्मेको हो ।’ इन्डिगो इन्कबाट प्रकाशित यो उपन्यासको मूल्य ३९९ रुपैयाँ राखिएको भएपनि कार्यक्रममा छुटसहित ३०० मा वितरण भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.