संघीय निजामति ऐनको ड्राफ्ट सकिसयो, आगामी मन्त्रीपरिषद्को बैठकमा पेस हुँने

संघीय निजामति ऐनको ड्राफ्ट सकिसयो, आगामी मन्त्रीपरिषद्को बैठकमा पेस हुँने

काठमाडौं । संघीय निजामति ऐन मन्त्रीपरिषद्को बैठकमा पेस हुने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले बताएका छन् । संघीय निजामति ऐनको ड्राफ्ट सकिसकेको र आगामी मन्त्रीपरिषद्को बैठकमा पेस गर्ने शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बताएका हुन ।

आफू मन्त्री बनेको दिनबाट नै संघीय निजामति ऐन ल्याउनैपर्छ भनेर काम गरेकाले अहिले सबै तयारी सकिसकेको र मन्त्रीपरिषद् हुँदै संसदा पेस गर्ने तयारी रहेको जानकारी दिए ।

मन्त्री मोदीले शक्तिकेन्द्रको पछि लागेर रोजेको ठाउँमा मात्रै बस्ने कर्मचारीहरुबाट सुशासन हुन नसक्ने बताउदै ढुङ्गा–गिट्टी तथा फोहरमैला व्यवस्थापनसम्बन्धी बेग्ला–बेग्लै विधेयक पनि आगामी मन्त्रीपरिषद्को बैठकमा पेस गर्ने तयारी रहेको जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.