भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

संसद् भवन र अमेरिकी दूतावास क्षेत्रमा सुरक्षाकर्मी तैनाथ

संसद् भवन र अमेरिकी दूतावास क्षेत्रमा सुरक्षाकर्मी तैनाथ

काठमाण्डौं । सम्भावित घेराउलाई मध्यनजर गर्दै आज संसद् भवन नयाँ बानेश्वर र अमेरिकी दूतावास क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । एमसीसीको विरोधमा उक्त क्षेत्रमा दिनहुँ विरोध प्रदर्शन भइरहेका छन् । संसद् भवन आसपास सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।

संसद् बैठकमा एमसीसी टेबल भएको दिन देखि प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेको छ । आज दिउँसो १ बजे बस्ने संसद् बैठकमा एमसीसीमाथि छलफल गर्ने कार्यसूची छ । सुरक्षाका लागि संसद् भवनको मूल सडकसँगै रहेको पर्खालमा काँडेतार लगाइएको छ ।

प्रदर्शनकारी र प्रहरीबीच हुन सक्ने सम्भावित झडपलाई ध्यान दिएर पर्खाललाई तारले घेरिएको हो । यसैबीच, महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहान ११ बजेपछिको समयमा माइतीघर मण्डला–नयाँ बानेश्वर हुँदै यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी राख्न आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.