भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

संसद्‌का दुवै सदनको बैठक बस्दै

संसद्‌का दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने कार्यतालिका सार्वजनिक भएको छ । बैठकमा सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची छ ।

आइतबारको बैठकमा प्रतिपक्ष दलले अवरुद्ध गर्दा कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको थियो ।प्रमुख प्रतिपक्ष एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा अवरुद्ध गरेका थिए भने राष्ट्रिय सभामा एमाले एक्लै अवरुद्धमा जुटेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा बङ्गलादेशसम्म सीमा पहुँचका लागि नेपाली भूमि कालापानी साटफेर गरेर सीमा विवाद मिलाउन सकिने भन्ने अभिव्यक्ति दिएपछि त्यसको विरुद्धमा, राष्ट्रपतिले निष्क्रिय भइसकेको नागरिकता विधेयक प्रमाणीकरण गरेकोलगायतका विषयमा एमालेले विरोध जनाएको छ ।

यता त्यसको विरुद्धमा नेपाल मजदुर किसान पार्टीले सडक देखि सदनमा समेत विरोध गरिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकता विधेयकको मात्रै विरोध जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भने नागरिकता विधेयक र रेसम चौधरीको आममाफीबारे प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् सुचारु गर्न नदिने चेतावनी दिएको छ ।

तीन दलको अवरोध पछि आधा घण्टाका लागि स्थगित प्रतिनिधिसभा बैठक आजका लागि सुचना निकालेर स्थगित गरिएको थियो । प्रतिपक्ष दलले अवरोध गरे पछि आधा घण्टाका लागि स्थगित राष्ट्रियसभाको दोस्रो बैठकमा केही कार्यसूची हटाइ शोक प्रस्ताव पारित गरेर सकिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.