भर्खरै : Sorry, your browser does not support inline SVG.
मौसम बदली, आज र भोलि पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना | पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या | विद्युतीय चुलोको प्रयोग बढाउने प्रस्ताव, ऊर्जा खपत वृद्धि रणनीति मस्यौदा तयार | गैह्रीगाउँमा डोजर र स्काभेटर, सुकुम्बासी बस्तीका घरटहरा धमाधम भत्काइँदै | इन्धन र डलरको असर: तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि | वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, रोशी खोलाको बाढीले डाइभर्सन बगायो | तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन |

सखिया नृत्यको रौनकता हराउँदै

सखिया नृत्यको रौनकता हराउँदै

कञ्चनपुर । थारु समुदायका महिलाले देखाउने सखिया नृत्य हराउँदै गएको छ । कृष्ण जन्माष्टमीका दिनदेखि सुरु गरिने नृत्य दशैँसम्म देखाउने चलन रहे पनि नृत्यलाई छोट्याएर पाँचदेखि तीन दिन मात्रै देखाउन थालिएको छ । कोरोना महामारीका कारण सखिया नृत्यलाई छोट्याउनु परेको उनीहरुको भनाई छ ।

सखिया नृत्य सामूहिकरुपमा देखाइने भएकाले निकै भीडभाड हुने गरेको छ । भीडभाड हुने भएकाले नृत्यलाई छोटो अवधिका लागि देखाउने व्यवस्था मिलाएको थारु समुदायले जनाएको छ । थारु गाउँका भलाद्मी, बडघर, गुरुवा, केसौका आदिको बैठक बसी सखिया नृत्यको आयोजना गर्नका लागि छलफल गरेपछि नृत्यको व्यवस्थापनको चाजोपाँजो मिलाउने गरिन्छ ।

गुरुवा (झाँक्रीले) तान्त्रिक विधिद्वारा नृत्यमा सहभागिता जनाउने युवा युवतीलाई दुष्टात्माको भवितव्यवाट बचाउनका लागि पूजा र अनुष्ठान गरेपछि यस नाचको प्रारम्भ गर्ने चलन रहेको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.