भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे

पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे

मुख्य बुँदा

अविरल वर्षासँगै आएको पहिरोले बाजुराको बडीमालिका नगरपालिका–९ मा आधा दर्जनभन्दा बढी घरमा क्षति पुर्‍याएको छ ।

मोती उखेडा, धनबहादुर विक, तुले विक, परे थापा, जंग उखेडा र दीपक विकलगायतका घरमा क्षति पुगेको छ ।

केही घर पहिरोका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

पहिरोमा परेर मोती उखेडाका दुईवटा गोरु मरेका छन् ।

घर तथा गोठमा क्षति पुगे पनि मानवीय क्षति भएको छैन ।

पहिरो घरभित्र पस्दा भाँडाकुँडा, लत्ताकपडा र अन्नपातलगायतका सामग्रीमा क्षति पुगेको छ ।

निरन्तर वर्षाका कारण जिल्लाका अन्य क्षेत्रमा पनि बाढी, पहिरो र डुबानबाट क्षति भएको प्रारम्भिक विवरण आउन थालेको प्रहरीले जनाएको छ ।

धनगढी, २१ भदौ । अविरल वर्षासँगै आएको पहिरोले बाजुराको बडीमालिका नगरपालिका–९ मा आधा दर्जनभन्दा बढी घरमा क्षति पुर्‍याएको छ । घरमाथिबाट खसेको पहिरोले मोती उखेडा, धनबहादुर विक, तुले विक, परे थापा, जंग उखेडा र दीपक विकलगायतका घरमा क्षति पुगेको हो । पहिरोका कारण केही घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

पहिरोमा परेर मोती उखेडाका दुईवटा गोरु मरेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराका अनुसार पहिरोले घर तथा गोठमा क्षति पुर्‍याए पनि मानवीय क्षति भने भएको छैन ।

पहिरो घरभित्रै पसेपछि भाँडाकुँडा, लत्ताकपडा, अन्नपातलगायतका सामग्रीमा समेत क्षति पुगेको छ । घरमा पहिरो पसेपछि प्रभावित परिवार थप जोखिममा परेका छन् ।

अविरल वर्षाका कारण बाजुराका अन्य विभिन्न स्थानमा समेत बाढी, पहिरो र डुबानबाट क्षति भएको प्रारम्भिक विवरण प्राप्त भइरहेको प्रहरीले जनाएको छ । जिल्लाका अन्य क्षेत्रमा कहाँ र कति क्षति भयो भन्नेबारे यकिन विवरण भने आउन बाँकी छ ।

वर्षा निरन्तर भइरहेकाले पहिरोको जोखिममा रहेका बस्ती तथा परिवारलाई सतर्क रहन र सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा बस्न प्रहरीले आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.