भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

सगरमाथामा ६२ वर्षीय वरिष्ठ अधिवक्ता भुसालको पाइला

सगरमाथामा ६२ वर्षीय वरिष्ठ अधिवक्ता भुसालको पाइला

काठमाडौँ । वरिष्ठ अधिवक्ता ६२ वर्षीय विष्णु भुसालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँ आज विहान ०७।३० बजे सगरमाथाको चुचुरोमा पुग्नुभएको हो । भुसालको आरोहणको व्यवस्थापन गरेको हिमालयन सेपर्डका अनुसार सगरमाथाको सफल आरोहण गर्ने उहाँ पहिलो अधिवक्ता हुनुहुन्छ । विश्व समुदायसँग कार्बन उत्सर्जन कम गर्न अनुरोध गर्दै उहाँले सगरमाथाको सफल आरोहण गर्नुभएको हो ।

नेपाल बार एसोसिएसनको लोगो अङ्कित झण्डासहित भुसाल वैशाख २ गते सगरमाथा आरोहणमा जानु भएको थियो । अमेरिकाबाट वातावरणीय तथा प्राकृतिक स्रोतसम्बन्धी कानूनमा स्नातकोत्तर उहाँले विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घ संस्थामा कानुनविद्को रुपमा कार्य गर्दै आउनुभएको छ । अर्घाखाँची स्थायी घर भएका भुसाल हाल श्रीमती राधा, छोरी डा प्रीति र छोरा रोशनसहित राजधानीको बाँसबारीमा बस्दै आउनुभएको छ । भुसालकी छोरी डा प्रीतिले पनि चार दिनअघि मात्र सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । छोरा रोशन अहिले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङमा विद्यावारिधि गर्दै हुनुहुन्छ ।

 


Thali Mobile Pvt.Ltd.