भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

सङ्खुवासभामा १ हजार ७ सय जनामा डेंगु सङ्क्रमण

सङ्खुवासभामा १ हजार ७ सय जनामा डेंगु सङ्क्रमण

खाँदबारी । पूर्वी हिमाली जिल्ला सङ्खुवासभामा डेंगु सङ्क्रमितको सङ्ख्या १ हजार ७ सय पुगेको छ । सङ्क्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चासो राखेको छ ।

महाशाखाले सङ्खुवासभाका १० स्थानीय तहका प्रमुख, उपप्रमुख र स्वास्थ्य प्रमुखलाई सदरमुकाम खाँदबारीमा भेला पारेर डेंगु सङ्क्रमण नियन्त्रण र रोकथामका बारेमा शुक्रबार जानकारी लिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।रुद्र मरासिनीले विद्यालयमा बालबालिकालाई डेंगुका बारेमा जनचेतना दिन, स्कूल हेल्थ नर्स कार्यक्रमलाई सक्रिय बनाउन, डेंगु नियन्त्रण र रोगथामका लागि स्वयंसेवक परिचालन गर्न, स्थनीय तह र स्वास्थ्य संस्थामार्फत खोज र नष्ट अभियानलाई तीव्रता दिन निर्देशन दिएको बताए ।

स्वास्थ्य कार्यालयका अनुसार सङ्खुवासभाका भोटखोला र चिचिला गाउँपालिकामा सङ्क्रमित देखिएका छैनन् ।

 


Thali Mobile Pvt.Ltd.