भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै,

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै,

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको लागि सहमति नजुटेका निर्वाचन क्षेत्रको टुंगो लगाउने सम्भावना छ ।

सत्ता गठबन्धनभित्र दलहरूले दोहोरो दाबी गरेपछि केही ठाउँको सिट बाँडफाँटको टुंगो लाग्न सकेको छैन ।

छलफलले केही सिटबाहेक सबै क्षेत्रमा सहमति टुङ्ग्याएको थियो । सहमति अनुसार हालसम्म नेपाली कांग्रेसले ८३ सिट, नेकपा माओवादी केन्द्रले ३६ सिट, नेकपा एकीकृत समाजवादीले १४ सिट, जनता समाजवादी पार्टीले १३ सिट र राष्ट्रिय जनमोर्चाले दुई सिट पाउने सहमति भएको गठबन्धन बताएको छ ।

सत्ता घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पनि आसन्न निर्वाचनका लागि निर्वाचन क्षेत्रको बाँडफाँट टुङ्ग्याएको बताए ।

लामो समय देखिको बैठक र गृहकार्यपछि निर्वाचन क्षेत्रको टुंगो लगाएको प्रचण्डको सचिवालयले बताएको हो ।

केही निर्वाचन क्षेत्रमा भएको दोहोरो दाबेदारी शीर्ष नेतृत्वबीचको आपसी समझदारीमा छिट्टै टुंगो लगाइने प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।

 


Thali Mobile Pvt.Ltd.