भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

सत्ता समिकरणबारे शेखर–गगन समूहको छुट्टै भेला

सत्ता समिकरणबारे शेखर–गगन समूहको छुट्टै भेला

काठमाडौं । नेपाली कांग्रेस भित्र अहिले हिनताबोधले सताएको छ । चुनाव जितेर पनि सरकारको नेतृत्व गर्नु पर्ने बेला दम्भ देखाउँदा काँग्रेसको हरिविजोग भएको नेताहरुले बताएका छन् ।

सत्ता गुमाएपछि काँग्रेस इतरसमूहले भेला बोलाएको छ । शेखर–गगन समूहले आज छुट्टै भेला बोलाएको एक नेताले बताए ।

भेलामा चुनावी समिक्षा गर्नुका साथै नयाँ सत्ता समिकरणबारे गहन छलफल हुने सो समूहले जनाएको छ ।

पार्टीको आगामी केन्द्रीय समितिमा प्रस्तुत गर्ने एजेण्डा तय गर्ने तयारी समेत भएको बुझिएको छ । कार्यसमितिको बैठक पुस २८ गते बस्ने निधो भएको छ ।

यसअघि पुस २२ गते बस्ने तय भएको थियो । बुधबार बैठकको मिति परिवर्तन भएको हो । त्यसअघि २३ गते संसदीय दलको बैठक बोलाएको छ ।

नेपाली कांग्रेसले गठबन्धन जोगाउन नसक्दा संघदेखि प्रदेशसम्म सरकारको नेतृत्व गर्ने अवसर गुमाएको छ ।

सभापति शेरबहादुर देउवाको कारण गठबन्धन टुटेको आरोपसहित इतर समूहले आक्रमक तयारी थालेको हाे ।

 


Thali Mobile Pvt.Ltd.