भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

सत्ताइस हजार क्विन्टल चामल पठाइँदै

सत्ताइस हजार क्विन्टल चामल पठाइँदै

काठमाडौं । दुर्गम जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थप २७ हजार क्विन्टल चामल ढुवानी गर्न लागेको छ ।

चालु आर्थिक वर्षका लागि स्वीकृत कोटाले अपुग भएपछि १२ जिल्लाबाट थप माग आएकोमा कम्पनीले २६ हजार ९ सय ७० क्विन्टल चामल पठाउन लागेको हो । १२ जिल्लाबाट ४३ हजार १ सय ७० क्विन्टल चामलको माग आएकोमा २६ हजार क्विन्टल चामल पठाउन लागिएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले बताए ।

सोमबारदेखि नै चामल ढुवानी गरिने उनको भनाइ छ । हुम्लामा २५ हजार क्विन्टल चामल केही दिनमै पठाउने बताए । कर्णालीका धेरै जिल्लाबाट धेरै चामलको माग आएको कम्पनीले जनाएको छ ।

कर्णालीमा खाद्यान्न उत्पादन नहुँदा बर्सेनि अभाव हुने गर्छ । कम्पनीले सोलुखुम्बुमा एक हजार क्विन्टल चामल ढुवानी गर्न लागेको छ । भोजपुरमा पाँच सय क्विन्टल चामल पठाउन लागिएको छ ।

दैलेखमा एक हजार पाँच सय क्विन्टल, जुम्लामा दुई हजार पाँच सय क्विन्टल चामल पठाउन लागिएको कम्पनीले जनाएको छ । अछाममा दुई हजार पाँच सय क्विन्टल र दार्चुलामा पाँच हजार चार सय क्विन्टल चामल ढुवानी गर्न लागिएको कम्पनीले जनाएको छ ।

बाजुरामा तीन हजार पाँच सय क्विन्टल, जाजरकोटमा चार हजार क्विन्टल थप चामल ढुवानी गर्न लागिएको कम्पनीले जनाएको छ । मुगुमा दुई हजार पाँच सय क्विन्टल, मुस्ताङमा २७० क्विन्टल ढुवानी गर्न लागिएको छ ।

यस्तै रुकुमपश्चिममा एक हजार पाँच सय क्विन्टल र बैतडीमा एक हजार क्विन्टल चामल ढुवानी गर्न लागिएको कम्पनीले जनाएको छ । १२ वटा जिल्लामा हालसम्म ३७ हजार ४२४ क्विन्टल चामल ढुवानी भएको कम्पनीले जनाएको छ ।

खाद्यान्न ढुवानी गर्ने म्याद असारसम्म भएकाले पनि धेरै ठाउँमा चामल पुग्न बाँकी रहेको कम्पनीले जनाएको छ । स्थानीयस्तरमा पर्याप्त उत्पादन नहुँदा कर्णालीका जुम्ला, कालीकोट, हुम्ला, मुगुलगायतका अन्य दुर्गम जिल्लामा खाद्य कम्पनीले चामल पठाउने गर्दछ ।

 


Thali Mobile Pvt.Ltd.