काठमाडौं । सबै स्थानीय तहमा सरकारले रोजगारी सिर्जना गर्ने भएको छ । आर्थिक बर्षको बजेटमा यस कामका लागि सात अर्ब बजेट बिनियोजन गरेको अर्थमन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए । उनले आत्मनिर्भर अर्थतनत्र विकास गर्न रोजगारी, लघु उद्यम पर्वधन र पर्यटन तथा बाझो जग्गा उपयोगमा यो रकम खर्च गरिने घोषणा छ ।
उनले सरकारले २५ लाख रुपैँयासम्म रकम विनियोजन प्रस्ताव भएका वैकल्पिक सहायक राजमार्ग तर्फका कार्यक्रम सम्बन्धित प्रदेशबाट कार्यान्वयन गर्ने व्यवस्था गरेको बताए । सघन शहरी विकास तथा वस्ती विकास तर्फका कार्यक्रम सम्बन्धित स्थानीय तहबाट कार्यान्वयन हुने गरी सशर्त अनुदान हस्तान्तरण गरेको समेत बताए ।
