काठमाडौं । सरकारको निर्देशनपछि निर्वाचन आयोग चुनावको तयारीमा जुटेका बेला दलहरु भने देशभर विरोध प्रदर्शन गरेर आन्दोलनमा होमिएका छन् ।
प्रचण्ड–माधव पक्षको नेकपाले काठमाडौंमा शक्ति प्रदर्शन गरेकै भोलिपल्ट नेकपा केपीओली पक्षले यही २३ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने जनाएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा दलहरु सडकमा आएका बेला सरकार भने लाठी चार्ज र पानीका फोहोरा हानेर तहलाउने सपना देखिरहेको छ ।
यहीबीचमा नेपाली कांग्रेसले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ । ३० गते काठमाडौंका तीन जिल्लाको कार्यक्रम एकीकृत रुपमा गरेर केपी कूको विरोध गरिने नेपाली काँग्रेसले जानकारी दिएको छ ।
