भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

व्याकुल माइलालाई मासिक ५० हजार भत्ता

व्याकुल माइलालाई मासिक ५० हजार भत्ता

काठमाडौँ । सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई व्याकुल माइला लाई मासिक रु ५० हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को यही असोज ७ गते बसेको बैठकले व्याकुल माइलालाई सहज जीवनयापनका लागि मासिक रु २५ हजार भत्ता उपलब्ध गराउँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक रु ५० हजार दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री कार्कीले उक्त जानकारी दिनुभएको हो । बैठकले संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको छ ।

सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित गर्न एवं सडक दुर्घटनालाई न्यूनीकरण गरी नागरिकको आवागमनलाई सहज, सुरक्षित र भरपर्दो बनाउन सवारीसाधनको यान्त्रिक परीक्षण, भारवहन क्षमता, सवारीको गति, टाइम कार्डको अवलम्बन गर्ने भएको छ ।

उक्त प्रयोजनका लागि अनुगमन, नियमन, सुपरीवेक्षण, निर्देशन र समन्वय गर्न गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा एक समिति गठन गरी जिम्मेवारी दिने निर्णय गरेको सञ्चारमन्त्री कार्कीले बताउनुभयो ।

 

 


Thali Mobile Pvt.Ltd.