भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सर्लाहीको पर्साबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

सर्लाहीको पर्साबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

काठमाण्डौ । हतियारसहित सर्लाहीबाट दुई जना पक्राउ परेका छन् । सर्लाहीको पर्सा नगरपालिकाबाट हतियार सहित दुई जना पक्राउ परेका हुन । सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले जाँच गर्ने क्रममा राति उनीहरु पक्राउ गरेको सशस्त्र प्रहरी बल संग्रामपुरले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको सशस्त्र प्रहरीले जनाएको छ । हतियार सहित पक्राउ पर्नेमा
पर्नेमा जीवनकुमार यादव र प्रकाश यादव रहेका छन् ।

भारतीय नम्बर प्लेटको बीआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकलमा नेपाल आएका सर्लाही हरिपूर्वा नगरपालिका–६ खरमारका २३ वर्षीय जीवनकुमार यादवलाई एक थान पेस्तोल र १५ राउन्ड गोली तथा २० वर्षीय प्रकाश यादवलाई एक थान नलकटुवा पेस्तोल र पाँच राउन्ड गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.