सर्वोच्चको आदेशपछि गभर्नर आजदेखि नियमित काममा, अर्थमन्त्री चकित

सर्वोच्चको आदेशपछि गभर्नर आजदेखि नियमित काममा, अर्थमन्त्री चकित

काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै आजदेखि नियमित काममा फर्किदै छन् ।

मंगलबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेशको सम्बन्धमा निर्णय नहुन्जेलसम्मका लागि अधिकारीलाई आफ्नो पदीय जिम्मेवारी पूरा गर्न दिनु भनी विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरेपछि अधिकारी नियमित काममा फर्किन लागेका हुन् ।

चैत २४ गते मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार चैत २५ गतेबाट निलम्बनमा परेका थिए । अधिकारीले सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशअनुसार आज बुधबारबाट नियमित काममा फर्किने प्रतिक्रिया दिए ।

मन्त्रिपरिषद्ले गभर्नर अधिकारीलाई निलम्बन गर्दै पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको थियो । तर, सर्वोच्चले योसँग सम्बन्धित कुनै पनि निर्णय कार्यान्वयन नगर्न भनेको छ ।

सर्वोच्चले दुबै पक्षलाई छलफलका लागि वैशाख १३ गते बोलाएको छ । १२ दिनपछि अधिकारी कार्यालय जान लागेका हुन ।

 


Thali Mobile Pvt.Ltd.