१९ असार २०७७ काठमाडौं । महामारी निम्त्याउने सलह किरा रोकथामका लागि नेपालमै बनेको ड्रोन परिचालन गरिएको छ । कृषि ज्ञान केन्द्र चितवन, भेजिटेबल क्रप्स डेभल्पमेन्ट सेन्टर र मधुका ड्रोन सर्भिसेसको सहकार्यमा मधुका कृषकले सलह नियन्त्रण गर्न ड्रोनको सफल परीक्षण गरेको हो ।
मधुका कृषक ड्रोनको सहयोगले किटनाशक औषधि छर्केर सलह किरा रोकथाम गर्न सकिने मधुका ड्रोन सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत शम्भु शिवाकोटीले बताए । २५ केजी किटनाशक औषधि बोक्ने क्षमता भएको ड्रोनले पहिलो पटक १० केजी राखेर सरफ परीक्षण गरेको छ । स्प्रे गर्दा ६ वटा मोटर चल्ने र साउन्ड ठूलो आउने भएकाले सलह किरा भगाउन सजिलो हुने साथै साउन्डको लागि स्पीकरजडान गरेरड्रोन उडाउने केन्द्रले जनाएको छ ।