भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

सशस्त्र महानिरीक्षकमा राजु अर्याल नियुक्त

सशस्त्र महानिरीक्षकमा राजु अर्याल नियुक्त

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल नेपालको प्रहरी महानिरीक्षकमा राजु अर्याललाई नियुक्त गरेको छ । अर्याललाई मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलको प्रमुखमा नियुक्त गरेको हो ।

डीआईजीबाट एआईजीमा बढुवा भएका उनी एकल दाबेदार हुँदै आईजीपीमा नियुक्त भएका हुन् । सशस्त्र प्रहरीका आईजी पुष्पराम केसीले आइतबारदेखि ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाएका हुन् ।

केसी गत ३० चैतमा सशस्त्र महानिरीक्षकमा नियुक्त भएका थिए । उनी १९ दिनका लागि महानिरीक्षक बनेका थिए । दुई जना एआईजी रहने सशस्त्र प्रहरी बलमा सरकारले अर्याललाई एकल बढुवा गर्दै आईजीपीको लागि बाटो खुला गरिदिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.