भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

साँढेलाई ट्रकमा बाँधेर घिसार्दै यातना दिदा नगरपालिकाको चाैतर्फी आलोचना

साँढेलाई ट्रकमा बाँधेर घिसार्दै यातना दिदा नगरपालिकाको चाैतर्फी आलोचना

रुपन्देही । सिद्धार्थनगर नगरपालिकाले छाडा साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि नगरपालिकाको चौतर्फी चर्को आलोचना भएको छ ।

नगर प्रहरीले बुधबार साँझ लु १ ग ३६२ नम्बरको ट्रकको पछाडि साँढेलाई रक्ताम्य हुने गरी बाँधेर घिसार्दै लगेपछि स्थानीयले नगर प्रमुख इस्तियाक अहमद खानविरुद्ध नाराबाजी गरेका गरेका छन् ।

अहिले साँढेलाई रक्ताम्य पारी घिसार्दै गरेको तस्वीर सामाजिक संजालमा भाइरल भएको छ । छाडा चौपाया व्यवस्थापन गर्ने नाममा निर्ममतापूर्वक घिसारेर लगिएको घटनामा संलग्नलाई कारबाही गर्न नागरिकहरुले आवाज उठाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी सिद्धार्थनगरका नेता अजय गुप्ताले कारबाही गर्न नगर प्रमुखलाई ज्ञापनपत्र समेत दिएका छन् ।

नेकपा (एमाले) सिद्धार्थनगरका सचिव नारायण प्रसाद भण्डारीले पनि जिउँदो पशुलाई ट्रकले घिसार्दै रक्ताम्य बनाउनु असह्यै भएको भन्दै दोषीलाई कारबाही र यसबारे नगर प्रमुखले जवाफ दिनुपर्ने बताए ।

चौतर्फी विरोध र कारबाहीको माग आएपछि सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक खानले दोषी कर्मचारीलाई कारबाही गर्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.