भर्खरै : Sorry, your browser does not support inline SVG.
नदीमा सिधै फोहोर पानी नफाल्न उद्योगहरूलाई विभागको कडा निर्देशन | जलवायु परिवर्तनसँग जुध्न नेपालको चार प्रस्ताव, ५३ देशको समर्थन | आज र भोलि बाढीपहिरोको जोखिम, यी राजमार्गमा सतर्क रहन आग्रह | भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार |

साझा न्यूनतम कार्यक्रमका लागि कार्यदलले थाल्यो प्रारिम्भक मस्यौदा लेखन

साझा न्यूनतम कार्यक्रमका लागि कार्यदलले थाल्यो प्रारिम्भक मस्यौदा लेखन

काठमाडौं । सरकारको साझा न्यूनतम कार्यक्रम तय गर्न गठित कार्यदलले प्रारिम्भक मस्यौदा लेखनको काम सुरु गर्दैछ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले सरकारमा सम्मिलित दलका नेताका सुझाव समावेश गर्दै मस्यौदा आजदेखि तयार पार्ने जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवम् कार्यदल सदस्य मुकुल ढकालले प्रारम्भिक चरणको छलफल सकिएको भन्दै आजदेखि प्रारम्भिक मस्यौदा लेखनको काम सुरु हुने बताए ।

कुनै पनि दललाई आपत्ती नहुने र गर्न सकिने विषय साझा न्यूनतम कार्यक्रममा समेटिने उनको भनाइ छ । १४ पुसमा बसेको सत्ता साझेदार दलहरुको बैठकले सरकारको साझा न्यूनतम कार्यक्रम तय बनाउने निर्णय गरेको थियो ।

कार्यदललाई ५ दिनभित्र शीर्ष नेताहरुसमक्ष मस्यौदा बुझाइसक्न भनिएको छ ।

 


Thali Mobile Pvt.Ltd.