काठमाडौं । सरकारको साझा न्यूनतम कार्यक्रम तय गर्न गठित कार्यदलले प्रारिम्भक मस्यौदा लेखनको काम सुरु गर्दैछ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले सरकारमा सम्मिलित दलका नेताका सुझाव समावेश गर्दै मस्यौदा आजदेखि तयार पार्ने जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवम् कार्यदल सदस्य मुकुल ढकालले प्रारम्भिक चरणको छलफल सकिएको भन्दै आजदेखि प्रारम्भिक मस्यौदा लेखनको काम सुरु हुने बताए ।
कुनै पनि दललाई आपत्ती नहुने र गर्न सकिने विषय साझा न्यूनतम कार्यक्रममा समेटिने उनको भनाइ छ । १४ पुसमा बसेको सत्ता साझेदार दलहरुको बैठकले सरकारको साझा न्यूनतम कार्यक्रम तय बनाउने निर्णय गरेको थियो ।
कार्यदललाई ५ दिनभित्र शीर्ष नेताहरुसमक्ष मस्यौदा बुझाइसक्न भनिएको छ ।
