भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

सात कम्पनीबाट तीन सय ६२ किलो सुन तस्करी

सात कम्पनीबाट तीन सय ६२ किलो सुन तस्करी

काठमाण्डौ । सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान नरोक्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । जम्मा एउटा कम्पनीबाट भएको तस्करीको मात्रै अनुसन्धान सकेको जानकारी दिँदै सीआईबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सात वटा कम्पनीबाट सुन तस्करी भएको तथ्य फेला परे अनसुार नुसन्धान जारी राख्ने बताएकी हुन ।

पक्राउ पर्नेमा २३ नेपाली र नौ विदेशी नागरिक छन् ।  १८ जना फरार रहेका छन् । अहिलेसम्म ३२ जना पक्राउ परेका छन् । गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले सिनामङ्गलमा रहेको भन्सार कार्यालय अगाडिबाट सुन बरामद गरेको थियो । सीआईबीले आफ्नो रायसहितको प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयका अनुसार एक र दुई दिनमै मुद्दा अदालत जाँदै छ ।

सात कम्पनीबाट तीन सय ६२ किलो सुन तस्करी भएको तथ्य पत्ता लगाए पनि अहिलेसम्म ६० किलो सात सय १६ ग्राम मात्रै सुन बरामद भएको छ । बाँकी सुन तस्करले गन्तव्यमा पुर्याइएसकेकाले त्यसमा थप संलग्नको खोजीका लागि अनुसन्धान जारी राखेको सीआईबीले जानकारी दिएको छ । नयाँ तथ्य फेला पारेपछि पूरक प्रतिवेदनका रुपमा बुझाउने प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.