भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

सामाजिक सुरक्षा भत्ताः किन छ यसमा सास्ती

सामाजिक सुरक्षा भत्ताः किन छ यसमा सास्ती

रामेछाप । रामेछापका बैङ्कहरूले उचित व्यवस्थापन गर्न नसक्दा नागरिकले सास्ती बेहोर्नु परेको छ । सामाजिक सुरक्षा भत्ता सहजै रूपमा लिऊन् भन्दै सरकारले बैङ्कमार्फत भुक्तानीको व्यवस्था मिलाएको छ ।

तर दशैँको मुखमा स्थानीय तहले ज्येष्ठ नागरिक, दलित, अपाङ्गता भएका तथा लोपोन्मुख समुदायका लागि सामाजिक सुरक्षा भत्ता निकासा गरेपनि लक्षित समुदायलाई बैङ्कमा गएर भत्ताबापतको रकम निकाल्न मुस्किल परेको हो ।

रामेछापका सबै बैङ्कमा भत्ता लिनेको भीड लागेको छ । बैङ्कहरूले व्यवस्थापन गर्न नसक्दा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाहरू घण्टौँ लाइन बस्न लाग्न बाध्य छन् ।

लामो समयसम्म लाम लागेर भत्ता लिनुपर्ने बाध्यता रहेको रामेछापको मन्थली नगरपालिका–९, पुराना गाउँकी ७५ वर्षीया धनमाया श्रेष्ठले बताइन् ।

भत्ता निकाल्न बैङ्कमा दिनभरि लाममा बस्नुपर्नेलगायतका समस्या हुँदासमेत सम्बन्धित निकायले सहज बनाउनेबारे केही ध्यान नदिएको मन्थली नगरपालिका–३ की ७३ वर्षीया हीरादेवी बरुवालले बताइन् ।

 


Thali Mobile Pvt.Ltd.