भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

सामुदायिक वनमा आगलागी, स्थानीयवासी चिन्तित

सामुदायिक वनमा आगलागी, स्थानीयवासी चिन्तित

बलेवा । बागलुङको काँठेखोला गाउँपालिका–३ धम्जास्थित माझकटेरी सामुदायिक वनमा आगलागी भएको छ । साेमबार दिउँसो २ बजेदेखि लागेको आगो नियन्त्रणका लागि स्थानीयवासीले प्रयास गरेको भएता पनि अझै नियन्त्रणमा आउन नसकेको धम्जाका स्थानीयवासी बाबुराम भण्डारीले जानकारी दिनुभयो ।

सामुदायिक वनमा लागेको आगो बस्तीको नजिक आउन थालेपछि स्थानीयवासी चिन्तित छन् । जङ्गलमा रहेका हजारौँ बन्यजन्तु तथा पक्षी मरेको हुनसक्ने आँकलन उहाँले गर्नुभयो । लामो समय सरसफाइ नभएको सामुदायिक वनमा ढलेका ठूला रुख रहेकाले आगो लामो समय रहनसक्ने र अन्यत्र फैलिने त्रास बढेको छ ।

स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा आउन नसकेपछि सशत्र प्रहरीका रामबहादुर केसीको नेतृत्वमा विपत् व्यवस्थापनको टोली धम्जामा पुगेको र स्थानीयवासीको सहयोगमा नियन्त्रणको प्रयास गरिएको उहाँले बताउनुभयो । आगो कसले लगाएको हो भन्ने बारेमा अनुसन्धान भैरहेको र काँठेखोला गाउँपालिका–२ भिमापोखराको जङ्गलमा पनि क्षति पु¥याएको उहाँको भनाइ छ । रासस

 


Thali Mobile Pvt.Ltd.