सिंहदरबारको फोहोर नउठाउँनुमा मेयर शाहले देखाए १४ कारण

सिंहदरबारको फोहोर नउठाउँनुमा मेयर शाहले देखाए १४ कारण

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले सिंहदरबारको फोहोर उठाउने १४ कारण देखाएका छन् ।

सिंहदरबारमा बसेको सरकारसँग महानगर पुग्न धेरै कसरत गर्नु परेकाले १४ कारण देखाउँदै महानगरले सिंहदरबारको फोहोर नउठाउने निर्णण गरेको बताएका हुन ।

उनले १४ कारण यस्ता देखाएका छन् ।
१. गृह मन्त्रालय : अव्यवस्थित बस्ती व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी ३ मन्त्रीसँग पटक पटक पहल, सहमति भएर माइन्युट समेत भइसकेको तर कार्यान्वयन नभएको ।

२. परराष्ट्र मन्त्रालय : विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन गर्न पत्राचार

३. शिक्षा मन्त्रालय स् सरकारी विद्यालयको लागि डिजिटल टिभी, शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने सम्बन्धमा ( दुई मन्त्रीसँग विभिन्न चरणमा कुरा हुँदा पनि कुरा अगाडि नबढेको ।

४. स्वास्थ्य मन्त्रालय स् सरकारी अस्पताल सरसफाइ, बिमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तल्ला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स १०२० को काठमाडौँ उपत्यकाभरी सेवा दिनलाई बजेट व्यवस्थापन ( दुई मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको ।

५. पर्यटन तथा नागरिक उड्डयन : एयरपोर्टको नक्सा पास, एयरपोर्टको बर्खाको पानीले गर्दा पेप्सीकोला क्षेत्र डुबानको समाधान, एयरपोर्टमा रहेको नेपाल संबत् सुरु भएको ठाउँमा मूर्ति र पार्क बनाउन पहल ( दुई मन्त्रीलाई पटक पटक पहल गरिएको ।

६.अर्थ मन्त्रालय : ५२ बर्षदेखि तिनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुआब्जा दिन आनाकानी, महानगरले पाउनु पर्ने घरबहाल कर नेपाल सरकारले उठाएकोबारे, याङ्री र लार्के खोलाको पानी मेलम्चीमा जोडेर १२ महिना नै काठमाडौँमा मेलम्चीको पानी ल्याउने कार्यक्रम ( २ मन्त्रीसँग पटक पटक पहल

७. सहरी विकाश : खोला कोरिडोर, खोला सरसफाइ, खोलामा फोहोर प्रशोधन प्लान्ट, अन्डर पास, बन्चरेमा लिचेडको व्यवस्थापन, माटो क्यापिङको व्यवस्थापन अनि साईटको ग्यास पाईपको व्यवस्थापन, वैकल्पिक बाटोको व्यवस्थापन, काठमाडौँमै फोहोर व्यवस्थापन गर्न कानुन र जग्गा ( ४ मन्त्रीसँग पटक पटक पहल ।

८.भौतिक यातायात : रिङरोड बिस्तार, उपत्यका यातायात प्राधिकरण गठन ( दुई मन्त्रीहरूसँग पटक पटक पहल ।

९. सूचना तथा सञ्चार : क्ष्क्ए र टेलिकमबिच एकीकृत पूर्वाधार सञ्चालनबारे जसले गर्दा देशभर पोलमा तार व्यवस्थापन गर्न सकियोस् ( २ मन्त्रीसँग पहल

१०.ऊर्जा मन्त्रालय : सडक बत्ती अव्यवस्थित रहेकोलाई व्यवस्थापनमा सहयोग ( २ मन्त्रीसँग पहल

११. खानेपानी स् मेलम्चीको पानी र पाइप व्यवस्थापन, प्ग्प्ी को उचित व्यवस्थापन पहल ( २ मन्त्रीसँग पटक पटक पहल

१२. भूमिसुधार मन्त्रालय : सहकारी नियमावली, सहकारी कानुन, सार्वजनिक जग्गा संरक्षण ( मन्त्रीसँग पटक पटक पहल

१३. सङ्घीय मामिला : तीनकुने विवाद पहल, कर्मचारी सरुवा ( दुई मन्त्रीसँग पटक पटक पहल

१४. कृषि मन्त्रालय : मल खरिद तथा उपत्यकामा आउने तरकारीको परीक्षण ( मन्त्रीसँग पटक पटक पहल

 


Thali Mobile Pvt.Ltd.