भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सिट बाँडफाँट गर्न कार्यदलको बैठक बस्दै

सिट बाँडफाँट गर्न कार्यदलको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँट गर्न कार्यदलको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने बैठकमा मोडालिटीमा सिट बाँडफाँट गर्ने विषयमा छलफल हुने कार्यदलका सदस्य बेदुराम भुसालले बताए ।

साउनभित्रमा सिट बाँडफाँटको खाका तयार गर्न कार्यदलको दोस्रो बैठक बस्न लागेको हो । गठबन्धनका दलहरूबीचमा प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै क्षेत्रमा गठबन्धन गर्ने भएको छ । १ सय ६५ सिटमध्ये कांग्रेसको भागमा १०० सिट हुनुपर्ने पक्षमा कांग्रेस नेताहरू छन् । माओवादी केन्द्रले दोस्रो ठूलो दलका रुपमा दाबी गरेको छ ।

स्थानीय तहको निर्वाचनबाट कांग्रेस मात्र नभई माओवादी केन्द्र पनि हौसिएको छ । दुईवटा मोडेलमा छलफल सुरु भएको नेताहरुले बताएका छन् । पहिलो, स्थानीय तहको निर्वाचनका आधारमा जसको प्रभाव जहाँ राम्रो छ, त्यहीअनुसार अघि बढ्ने । दोस्रो, ०७४ सालको संघीय निर्वाचनमा आफूले जितेका क्षेत्रमा दाबी यथावत् राख्ने उनीहरुको तर्क छ ।

स्थानीय तहको निर्वाचनको नतिजाले कांग्रेस एक्लैले पनि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एकल बहुमत ल्याउन सक्ने भन्दै कांग्रेसका केही नेताहरू गठबन्धनबिरुद्ध पनि बोल्न थालेका छन् ।

 


Thali Mobile Pvt.Ltd.