भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

सिरहा र धनुषाको सिमानदीमा भूत मेला, स्नान गर्नेको घुइँचो

सिरहा र धनुषाको सिमानदीमा भूत मेला, स्नान गर्नेको घुइँचो

जनकपुरधाम । कमला नदीमा आज भूत मेला लागेको छ । भूत मेलामा एकाबिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ ।

धामी झाँक्रीसहित हिँडेका गाउँवासीहरू कमलाको उतराहिनी स्थान, सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाट पुगेर कला देखाइरहेका छन् ।

कात्तिक पूर्णिमामा कमला नदिमा स्नान गर्नाले भूतबैताल भाग्ने र धामी झाक्रीले तान्त्रिक सिद्धि प्राप्त गर्ने विश्वास रहिआएको छ ।

धामी झाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै कमला नदीमा पुगेर स्नान गर्ने चलन सदियौंदेखि चलिआएको छ । त्यसैले यसलाई भूत मेला भनिएको हो ।

आजका दिन नयाँ धामी झाँक्री कमला स्नान गरेपछि तन्त्र विद्यामा निपुन हुने मान्यता छ । भूत मेला हेर्न कमला नदी किनारमा लाखौंको संख्यामा भक्तजन सहभागी भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.