भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

सिस्नेरी खानेपानी आयोजनाको स्थलगत अवलोकन

सिस्नेरी खानेपानी आयोजनाको स्थलगत अवलोकन

काठमाडौं । उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी समितिका सदस्यहरुले मकवानपुरको सिस्नेरी खानेपानी आयोजनाको ड्याम निर्माण हुने स्थलको अवलोकन गरेका छन् ।

भ्याली बोर्डका अध्यक्ष तथा काठमाडौं महानपाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानपाका अध्यक्ष चिरिबाबु महर्जन, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, गोदावरी नपाका प्रमुख गजेन्द्र महर्जन, मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ तथा काठमाडौं र ललितपुर महानपाका वडाध्यक्षसहितको टोलीले सिस्नेरी खोलाको सोमबार स्थलगत अवलोकन तथा निरीक्षण गरेका हुन ।

बोर्डका सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मेलम्चीको पानी छिटोभन्दा छिटो भक्तपुरमा ल्याउन पहल गर्नुपर्नेमा जोड दिँदै सिस्नेरी खानेपानी आयोजनाले उपत्यकाको खानेपानी आपूर्तिमा सहज हुने बताए । काठमाडौं उपत्यकाका लागि मेलम्चीको विकल्पका रुपमा सिस्नेरी आयोजना नेपालकै दोस्रो ठूलो आयोजना हुने बताए ।

प्रमुख प्रजापतिले उपत्यकामा जनसंख्या वृद्धिसँगै खानेपानीको हाहाकार बढिरहेको हुँदा समयमै अन्य श्रोतहरुको पहिचान गरी कामलाई अघि बढाउनुपर्नेमा जोड दिए । बोर्डका अध्यक्ष विद्यासुन्दर शाक्यले सिस्नेरी खानेपानी आयोजना आफैमा गौरवको आयोजना भएको बताए । उपत्यकाको खानेपानी समस्या समाधानका लागि आयोजनाले सकारात्मक भूमिका खेल्ने उनको भनाइ छ ।

त्यस्तै ललितपुर महानपाका प्रमुख चिरिबाबु महर्जनले सिस्नेरी खानेपानी आयोजना निर्धारित समयमा सम्पन्न गर्न सके धेरै राहत हुने भन्दै आयोजनाको काममा कुनै ढिलासुस्ती गर्न नहुने बताए । अवलोकनका क्रममा भ्याली बोर्डका सचिव डा. सञ्जिव विक्रम राणाले मेलम्ची खानेपानी आयोजनाको विकल्पको रुपमा सिस्नेरी खानेपानी आयोजना अगाडि बढाइएको जानकारी दिँदै उपत्यकाको ललितपुरभित्र खानेपानी आपूर्ति गर्ने आयोजनाको मुख्य उद्देश्य रहेको प्रष्ट पारे ।

उनले सिस्नेरी खानेपानी आयोजनाको अनुमानित लागत रु. २० अर्ब रहेको बताउँदै आयोजनाले ६० मिटरको ड्याम निर्माण गरी करिब ७.८ अर्ब लिटर बराबरको पानी अट्ने क्षमतासहितको ड्याम बन्ने बताए ।

भीमफेदी गाउँपालिका र इन्द्रसरोबर गाउँपालिकामा अवस्थित सिस्नेरी आयोजना ५ देखि ७ वर्षसम्ममा सम्पन्न गरिसक्ने योजना रहेको बताए सचिव राणाले जनसंख्या वृद्धिसँगै खानेपानीको हाहाकार हुन सक्ने अवस्थालाई मध्यनगर गर्दै बोर्डले मेलम्चीको वैकल्पिक आयोजनाको रुपमा यसलाई अगाडि ल्याएको बताए । सोही क्रममा भ्याली बोर्डको टोलीले कुलेखानी ड्यामको समेत अवलोकन गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.