भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

नेपाली बजारमा भारतीयको घुइँचो

नेपाली बजारमा भारतीयको घुइँचो

कञ्चनपुर ।  भीमदत्त नगरपालिका–९ स्थित भारतसँग सीमा जोडिएको नेपाली ब्रह्मदेव बजारमा पछिल्लो केही दिनयता चहलपहल बढेको छ ।

भारतको प्रसिद्ध तीर्थस्थल पूर्णागिरिमा लागेको नवरात्र मेलाका कारण सीमावर्ती नेपाली बजार ब्रह्मदेवमा पनि भारतीय तीर्थालुको चहलपहल बढेको हो । पूर्णागिरि मन्दिरको दर्शन पछि ब्रह्मदेव वा महेन्द्रनगरमा रहेको सिद्धनाथ मन्दिरको समेत दर्शनपश्चात् मनोकामना पूरा हुने धार्मिक मान्यता र विश्वास रहेको छ ।

त्यसैले उत्तराखण्ड र उत्तरप्रदेशका विभिन्न ठाउँबाट सवारीसाधन भाडा गरेर सामूहिक रुपमा भारतीय तीर्थालु सिद्धनाथ मन्दिरको दर्शन गर्न ब्रह्मदेव पुगेका छन् । घटस्थापनादेखि सुरु हुने नवरात्र मेलाले ब्रह्मदेव बजारमा भारतीय तीर्थालुको घुइँचो लागेको छ ।

पूर्णागिरि जाने क्रममा सडक सहज नहुँदा केही सास्ती खेप्नु परेको दर्शनार्थीको गुनासो छ ।  मन्दिर सरसफाइका साथै तीर्थालुको सुविधाका लागि शुद्ध पिउने पानीको व्यवस्थापन गरिएको उहाँको भनाइ छ । ब्रह्मदेवमा भारतीय दर्शनार्थीको भीड बाक्लिएसँगै व्यापार पनि वृद्धि हुने व्यवसायीको विश्वास छ ।

भारतीय दर्शनार्थीलाई लक्षित गरेर ब्रह्मदेव बजारमा अहिले छाप्रो बनाएर खेलौनालगायतका स–साना पसलहरु पनि थापिएका छन् । मेला भर्न आउने भारतीय दर्शनार्थीले जुत्ता, चप्पल, टर्च, छाता, खेलौना, क्रिम, भिक्सलगायत रेडिमेड कपडा रुचाउने गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.