भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सुनिल थापाकाे बहिष्कारसंगै जुट्यो राप्रपा

सुनिल थापाकाे बहिष्कारसंगै जुट्यो राप्रपा

काठमाडौं । राजधानीको राष्ट्रियसभा गृहमा आयोजित दुई पार्टीबीच एकता सम्पन्न भएको छ । राप्रपा र राप्रपा संयुक्तबीच फेरि एकता भएको हो । १० बुँदे समझदारी गरेर एकता गर्ने भनेका उनीहरुले बुधबार औपचारिक कार्यक्रम गरी पार्टी एकता घोषणा गरेका हुन् ।

एकता घोषणा समारोहमा राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनी, पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलगायतका नेता कार्यकर्ताको सहभागी भएका थिए ।

एकता घोषणा भएपछि एकीकृत पार्टीको नाम राप्रपा नै हुने र एजेण्डा राजतन्त्र नै हुने राप्रपाका नेता कमल थापाले बताए । २०७३ मंसिरमा हलो चिन्ह भएको तत्कालीन राप्रपा र गाई चिन्ह भएको राप्रपा नेपाल मिलेर एकीकृत राप्रपा गठन भएको थियो ।

यसैबिच एकता घोषणासभालाई राप्रपा (सयुक्त)का नेता सुनिल थापाले बहिष्कार गरेका छन् । दुई राप्रपाबीचको एकता घोषणासभामा नेता सुनिल थापाले बहिष्कार गरेका हुन । पार्टी एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै आएका थापाले यसअघि रापपाका अन्य नेतासहित काँग्रेस प्रवेश गर्ने तयारी गरेको खबर सार्वजनिक भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.