सुर्खेत गाडी दुर्घटनामा ४ जनाको मृत्यु, एक घाइते

सुर्खेत गाडी दुर्घटनामा ४ जनाको मृत्यु, एक घाइते

सुर्खेत । गाडी दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । आज बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०१०२६ च ९२१३ नं।को डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर ११ झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटना भएको हो ।

दुर्घटनामा गाडी चालक वीरेन्द्रनगर ७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका ५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका ५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका ३ का ३६ वर्षीय राजेन्द्र बि.सीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीले बताए ।

प्रहरीले उनीहरूलाई उद्धार गरी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए भने एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता कार्कीले बताए । घाइते भएका दैलेख भैरवी गाउँपालिका ५ का वीरेन्द्रराज शाहीको उपचार भइरहेको छ । छातीमा चोट लागेको छ । सडकबाट ८० मिटर तल खसेको गाडीमा पाँच जना सावार रहेको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.