भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

२ सय २ पालिकाले अझै बजेट पेस गरेनन्

२ सय २ पालिकाले अझै बजेट पेस गरेनन्

काठमाण्डौ । ७ सय ५३ पालिकामध्ये अझै २ सय २ वटा पालिकाले विवरण पेस नगरेको पाइएको छ । पालिकाले असार मसान्तभित्र बजेट पारित गरी प्रविष्ट गर्नुपर्नेमा भएपनि अझै २ सय २ पालिकाले बजेट पेस नगरेको पाइएको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा (६) मा नगर र गाउँसभाले असार मसान्तसम्म आउँदो आर्थिक वर्षको बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ ।

यो व्यवस्था अनुसार नै बजेट पारित भएको विवरण अनिवार्य रुपमा संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको पोर्टलमा अध्यावधिक गराउन मन्त्रालयले ताकेता समेत गरेको छ । साउन ४ गते बिहानसम्म ५ सय ५१ वटा पालिकाले मात्रै आर्थिक वर्ष २०७९ र ८० को लागि ल्याएको बजेट प्रविष्ट गरेका छन् ।

गण्डकीका धेरैजसो पालिकाले विवरण बुझाएका मन्त्रालयको पोर्टलमा उल्लेख छ । प्रदेशगत रुपमा प्रदेश एकका १ सय ३७ पालिकामध्ये ३० वटाले, मधेश प्रदेशका १ सय ३६ मध्ये ६४ वटाले, वाग्मतीका १ सय १९ मध्ये ३३ वटाले, गण्डकीका ८५ पालिकामध्ये ९ वटाले विवरण बुझाउन बाँकी छ । त्यस्तै लुम्बिनीका १ सय ९ मध्ये २३ वटा, कर्णालीका ७९ मध्ये १८ र सुदूरपश्चिम प्रदेशका ८८ पालिकामध्ये २५ वटा पालिकाले विवरण बुझाएका छैनन् । बजेट पेस गर्न बाँकी रहेका धेरै पालिका मधेस प्रदेशका रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.