भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

२ सय २ पालिकाले अझै बजेट पेस गरेनन्

२ सय २ पालिकाले अझै बजेट पेस गरेनन्

काठमाण्डौ । ७ सय ५३ पालिकामध्ये अझै २ सय २ वटा पालिकाले विवरण पेस नगरेको पाइएको छ । पालिकाले असार मसान्तभित्र बजेट पारित गरी प्रविष्ट गर्नुपर्नेमा भएपनि अझै २ सय २ पालिकाले बजेट पेस नगरेको पाइएको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा (६) मा नगर र गाउँसभाले असार मसान्तसम्म आउँदो आर्थिक वर्षको बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ ।

यो व्यवस्था अनुसार नै बजेट पारित भएको विवरण अनिवार्य रुपमा संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको पोर्टलमा अध्यावधिक गराउन मन्त्रालयले ताकेता समेत गरेको छ । साउन ४ गते बिहानसम्म ५ सय ५१ वटा पालिकाले मात्रै आर्थिक वर्ष २०७९ र ८० को लागि ल्याएको बजेट प्रविष्ट गरेका छन् ।

गण्डकीका धेरैजसो पालिकाले विवरण बुझाएका मन्त्रालयको पोर्टलमा उल्लेख छ । प्रदेशगत रुपमा प्रदेश एकका १ सय ३७ पालिकामध्ये ३० वटाले, मधेश प्रदेशका १ सय ३६ मध्ये ६४ वटाले, वाग्मतीका १ सय १९ मध्ये ३३ वटाले, गण्डकीका ८५ पालिकामध्ये ९ वटाले विवरण बुझाउन बाँकी छ । त्यस्तै लुम्बिनीका १ सय ९ मध्ये २३ वटा, कर्णालीका ७९ मध्ये १८ र सुदूरपश्चिम प्रदेशका ८८ पालिकामध्ये २५ वटा पालिकाले विवरण बुझाएका छैनन् । बजेट पेस गर्न बाँकी रहेका धेरै पालिका मधेस प्रदेशका रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.