भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

स्वीट्जरल्यान्डसँग बराबरीमा रोकियो स्पेन

स्वीट्जरल्यान्डसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं । दुई पेनाल्टी कप्तान सर्जियो रामोसले चुकाउँदा स्पेन नेसन्स लिग फुटबलमा स्वीट्जरल्यान्डसँग बराबरीमा रोकिएको छ । ३४ वर्षीय रामोसको ५७ औँ मिनेटमा पहिलो प्रहार यान सोमरले डाइभ दिँदै बचाएका थिए । ८० औँ मिनेटको दोस्रो पेनाल्टी प्रहार असफल भयो ।

दुवै पेनाल्टी चुअकाउनुअघि स्वीट्जरल्यान्डले भने खेलमा अग्रता लिइसकेको थियो । घरेलु टोलीले २६औँ मिनेटमा ब्रिल एम्बोलोको क्रसमा रिमो फ्रयूलरले गोल गरेपछि अग्रता लिएको थियो । खेलको ८९औँ मिनेटमा सर्जियो रेगुईलोनको क्रसमा जेरार्ड मोरेनोले गोल गर्दै स्पेनलाई हारबाट जोगाए । बराबरीले पनि स्पेनको अर्को चरणमा पुग्ने सम्भावना भने कायमै छ । स्पेन ५ खेलमा ८ अंकसहित समूह ए ४ मा दोस्रो स्थानमा छ ।

 

 


Thali Mobile Pvt.Ltd.