भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

हावाबाट पनि कोरोना भाइरस, मास्क अनिवार्य

हावाबाट पनि कोरोना भाइरस, मास्क अनिवार्य

२४ असार २०७७ काठमाडौं । हावाबाट पनि कोरोना भाइरस सर्ने प्रमाण भेटिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । ३२ देशका २३९ वैज्ञानिकहरुको अध्ययन रिर्पोटले हावाबाट पनि कोरोना भाइरस सर्ने गरेको पुष्टि गरेको छ । अध्यनपछि कोरोनाबारेको मापदण्डमा परिवर्तन गर्न डब्लुएचओलाई वैज्ञानिकहरूले पत्र नै लेखेका थिए ।

वैज्ञानिकले दिएको प्रमाण पर्याप्त नभएको भन्दै डब्लुएचओले सजगता मापदण्ड परिवर्तन गर्न मानेको थिएन । हावाका कणमै कोरोना भाइरस, सतर्कता विधि बदल्न वैज्ञानिकको आग्रह डब्लुएचओले बढी भीडभाड हुने र कम हावा हुने बन्द कोठामा हावाबाटै कोरोना भाइरस फैलिने आशंका अस्विकार गर्न नसकिने जनाएको छ ।

यस बारेमा विस्तृत अध्ययन भइरहेको भन्दै डब्लुएचओले भाइरस मुख्यरुपमा व्यक्तिको नाक र मुखबाट निस्केको सुक्ष्म छिटाबाट सार्ने बताएको थियो । यसअघि ३२ देशका २३९ वैज्ञानिकहरुले कोरोना भाइरस हावाबाट पनि सार्ने दाबी गरेका थिए।घर भित्र बस्दा होस वा बाहिर निस्किदा होस मास्क भने अनिवार्य लगाउन आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.