लप्ची । दोलखाको लप्ची उपत्यकाका स्थानीय हिउँ चितुवा संरक्षणमा जुटेका छन् । लोपोन्मुख अवस्थामा पुगेको हिउँ चितुवा संरक्ष गर्नुपर्ने आवश्यक्ता औल्याउदै उनीहरु अहिले संरक्षणमा जुटेका हुन् ।
नेपाल इजिनियरिङ्ग कलेजको प्राकृतिक श्रोत ब्यबस्थापन संकायको आयोजनामा भएको आठ महिने समुदायमा आधारित हिउँ चितुवा संरक्षण सम्पन्न भएको हो । उक्त कार्यक्रममा कलेजका शिक्षक, विद्यार्थी, लप्ची उपत्यकाका स्थानिय, गुम्बाका लामा र याक हेरालुहरुलाई ट्राप प्रयोग गर्ने तरिका, त्यसलाई फिल्डमा जडान गर्ने र डाटा संकलन गर्ने बिधीको प्रशिक्षण दिइएको थियो ।
बिगु गाउँ पालिकाको लामाबगर, लुम्नान र लप्चीमा हिउँ संरक्षण समन्धी प्रचार सामाग्री बितरण, छलफल र क्यामेरा ट्राप प्रबिधीको प्रशिक्षण सन्चालन गरिएको थियो । शिक्षक, विद्यार्थी, स्थानिय, गुम्बाका लामा र याक हेरालु गरी ३७ जनाको सहभागिता भएको उक्त कार्यक्रममा २० वटा क्यामेरा ट्राप प्रयोग गरी अनुसन्धान समेत गरिएको थियो ।
सहभागीहरुले राखेको क्यामरामा सात ठाउँमा हिउँ चितुवा देखिएको र हिउँ चितुवा, हिमाली भालु, कस्तुरी मृग, नाउर, झारल लगाएत २२ प्रजातीका स्तन्धारी जनावार कैद भएको कार्यक्रम सन्योजक डा. नारायणप्रसाद कोजुले बताए ।
आफुले पनि क्यामेरा ट्राप प्रयोग गरी अनुसन्धान सहयोग गर्न पाउँदा खुशी भएको स्थानीयले बताए । कार्यक्रममा सहभागीले आफ्नो गाउँमा के कस्ता जानवर रहेछन भन्ने कुरा थाहा पाउँदा गौरव अनुभुति भएको बताए ।
समुदायमा आधारित हिउँ संरक्षण कार्यक्रम शानसोय संरक्षण (Shanshui Conservation Peking University ) र एमिती फाउण्डेशन (Amity foundation, China)को सहयोगमा गरेको थियो ।
नेपाल इजिनियरिङ्ग कलेजको प्राकृतिक श्रोत ब्यबस्थापना संकायले यसलाई लप्ची गुम्बा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय प्रकृती संरक्षण कोषको समेत सभागितामा रहेको थियो ।
