भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

हिउँ पन्छाएर सिमकोट लिमी लाप्चा सडक सुचारु

हिउँ पन्छाएर सिमकोट लिमी लाप्चा सडक सुचारु

हुम्ला । सात महिनापछि हुम्लाको सिमकोट लिमी लाप्चा सडक सुचारु भएको छ । हिमपातले गत पुस महिनाबाट अवरुद्ध सिमकोट लिमी लाप्चा सडक सुचारु हिउँ पन्छाएर सात महिनापछि सञ्चालनमा आएको नाम्खा गाउँपालिका अध्यक्ष प्रेम बहादुर लामाले जानकारी दिनुभयो । उहाँले सडकमा जमेको हिउँसंगै पहिरो पन्छाएपछि बोलेरा जिप, ट्याक्टर र मिनी ट्रक लिमी गाउँ र लाप्चासम्म गुड्न सुरु भएको जानकारी दिनुभयो ।

पुस महिनाको हिमपात पछि उक्त सडकमा यातायात सेवा बन्द हुँदै आएको थियो । पूर्वाधार विकास कार्यालय, गाउँपालिका र सडकको संयुक्त लगानीमा एक महिना लगातार मेशिनबाट हिउँ फाल्ने, सडकमा भरिएको पहिरो पन्छाएपछि यातायात सुचारु भएको बताउदै सडकमा हिउँ जमेको कारण यातायात सञ्चालन नभएपछि गत वैशाखपछि लिमीका स्थानीय जिल्लामा आउँदा र कर्मचारी तथा लिमीका स्थानीय लिमी जानु पर्ने भए पैदल मार्गबाट हिउँ छिचोलेर लिमी पुग्नु पुग्ने रेको अध्यक्ष लामा बताउनुभयो ।

पाँच हजार मिटर अग्लो न्यालु लेकमा जमेको चारदेखि पाँच फिट हिउँ पन्छाउने, सडकमा गएको पहिरो पन्छाएपछि सडक सुचारु हुँदा यहाँका स्थानीयले खुशी व्यक्त गरेका छन् । सडक सुचारु भयसँगै लिमीवासीका लागि खाद्यान्न लगायतका सामाग्री ढुवानी गर्न, नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्न र लिमीका स्थानीयलाई जिल्लामा आउन सहज भएको नाम्खा गाउँपालिका अध्यक्ष लामाको भनाई छ । सडक हरेक वर्ष हिमपातको कारण हिउँदको समय बन्द हुने गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.