भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हिमआँधीले करौडौँ मानिस प्रभावित

हिमआँधीले करौडौँ मानिस प्रभावित

काठमाडौं । अत्यधिक चिसो मौसमका कारण अमेरिका र क्यानडामा २५ करोड मानिस जोखिममा परिरहेका छन् ।

अमेरिकाका १२ वटा राज्यमा सङ्कटकालीन कदम चालिएको छ । कम्तीमा १९ जना मानिसहरूले ज्यान गुमाएका छन् ।

मोन्टाना राज्यमा माइनस ४५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।अमेरिकामा १५ लाख घर र व्यापारिक भवनहरूमा बिजुली आपूर्ति प्रभावित भएको छ भने हजारौँ उडानहरू रद्द भएका छन् ।

अर्को हप्तासम्म कायम राख्ने भविष्यवाणी गरिएको खराब मौसमले मानिसहरूको क्रिसमस योजना बिथोलेको छ । व्यापक चिसो आँधी टेक्ससदेखि क्यानडाको कुबेकसम्म ३,२०० किलोमिटरभन्दा धेरै क्षेत्रमा फैलिएको छ ।

वायुमण्डलीय चाप घटेपछि अमेरिका–क्यानडा सीमा क्षेत्रमा रहेका ठूला तालहरू भएको क्षेत्रमा बरफसहितको तुफानको अवस्था देखा परेको छ।

 


Thali Mobile Pvt.Ltd.