भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

१४ वर्षकी बालिकाले शिशु जन्माइन्, घटना ढाकछोप गर्ने प्रयास

१४ वर्षकी बालिकाले शिशु जन्माइन्, घटना ढाकछोप गर्ने प्रयास

कञ्चनपुर । कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माएकी छन् । बेलौरी नगरपालिका–८ को कलकत्तामा बालिकाले शिशु जन्माएको घटना सार्वजनिक भएको छ । माघ ३ गते घटना भएको स्थानीयले बताए ।

बालिकाले शिशुलाई जन्म दिएको कुरा ढिलोगरी मात्र बाहिर आएको बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले बताए ।

गाउँमा बुहारीको बच्चा हो भनेर देखाउन खोजे पनि स्थानीयले बालिकाले अवैध रुपमा शिशु जन्माएको थाहा पाएपछि घटना सार्वजनिक भएको हो ।

बालिकाले जन्म दिएको शिशु कसको हो ? भन्ने कुरा खुलेको छैन । स्थानीयबासिन्दाको दबाबपछि बालिकाका आमाबुवा भारतीय नागरिक विरुद्ध किटानी जाहेरी दिएको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

भारतको बरेलीका दयाराम गुप्ताको शिशु भएको दाबी गर्दै उनी विरुद्ध किटानी जाहेरी दर्ता गरिएको इप्रका बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए ।

ती भारतीय नागरिक नातामा उनका भिनाजु पर्छन् । विवाह गर्ने भन्दै भगाएर भारत लैजाने क्रममा सीमा क्षेत्रबाट बालिकाको उद्धार गरिएको दाबी गरिएको छ ।

बेलौरीकै एक जना शिक्षक, बैंकका म्यानेजर र एक अर्का स्थानीय व्यापारीको नाम पनि बालिकासँग जोडिएकाले निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग स्थानीयले गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.