भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

२१ वर्ष माथिकालाई हतियार बेचौंः राष्ट्रपति जो बाइडेन

२१ वर्ष माथिकालाई हतियार बेचौंः राष्ट्रपति जो बाइडेन

एजेन्सी । संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसा बढेको भन्दै राष्ट्रपति जो बाइडेनले गम्भीर चिन्ता व्यक्त गरेका छन् । बालबालिका र परिवारको सुरक्षाको लागि घातक हतियार प्रतिबन्धित गर्नुपर्ने जोडदार आवाज उठाएका छन् ।

हतियार खरिदको न्यूनतम उमेर २१ वर्ष पुर्‍याउनुपर्ने उनको जोड छ । हाल अमेरिकामा १८ वर्षका जोकोहीले हतियार खरिद गर्न पाउने कानुनी प्रावधान छ । बाइडेनले भने, ‘हामीले घातक हतियारमा प्रतिबन्ध लगाउन आवश्यक छ, यदि हामीले त्यसो गर्न सक्दैनौं भने २१ वर्ष नपुगेकालाई हतियार बेच्न हुँदैन ।’

हालै टेक्सासको उभल्देस्थित रोब प्राथमिक विद्यालयमा भएको गोलाबारीमा १९ बालबालिकासहित कैयौँको मृत्यु भएको सन्दर्भमा अमेरिकी राष्ट्रपतिले हतियारमा प्रतिबन्ध लगाउन र त्यसो गर्न नसकिए खरिदको उमेर बढाउनुपर्नेमा जोड दिए ।

बालबालिका र परिवारको सुरक्षाका साथै समुदायको रक्षाका लागि त्यसो गर्न जरुरी भएको उल्लेख गर्दै राष्ट्रपतिले कसैको बन्दुक खोस्ने नभएको स्पष्ट पारे ।

भयरहित वातावरणमा विद्यालय, किराना पसल, गिर्जाघर जतासुकै स्वच्छन्द रुपमा जान पाउने अधिकार र स्वतन्त्रताको रक्षाका लागि बन्दुक खरिदको न्यूनतम उमेर बढाउनुपर्ने तर्क गरे ।

 


Thali Mobile Pvt.Ltd.