भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

२८ स्थानीय तहसँग समझदारी पत्रमा हस्ताक्षर

२८ स्थानीय तहसँग समझदारी पत्रमा हस्ताक्षर

बागमती । भूमिसम्बन्धी समस्या समाधान गर्न वाग्मती प्रदेशका विभिन्न २८ स्थानीय तह र भूमिसम्बन्धी समस्या समाधान आयोगबीच दुई पक्षीय समझदारी पत्रमा आज हस्ताक्षर भएको छ । हटौँडामा आयोजित भूमिसम्बन्धी समस्या समाधान आयोग र स्थानीय तहका पदाधिकारीबीच भएको समझदारी पत्र हस्ताक्षर र अभिमुखीकरण कार्यक्रममा दुई पक्षीय हस्ताक्षर भएको हो । यसरी समझदारी पत्रमा हस्ताक्षर गर्नेमा वाग्मती प्रदेशभित्र पर्ने भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिकासहित अन्य १० नगरपालिका र १६ गाउँपालिका रहेका छन् ।

उक्त समझदारी पत्रमा स्थानीय तहका तर्फबाट सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर उल्लेख गरिएको छ । आयोगका तर्फबाट उपसचिव वसन्तप्रसाद पन्थीको हस्ताक्षर उल्लेख गरिएको छ । यस अगावै वाग्मती प्रदेशको रत्ननगर नगरपालिका र वाग्मती गाउँपालिकासँग भूमिसम्बन्धी समस्या समाधान गर्न आयोगसँग समझदारी पत्रमा हस्ताक्षर भइसकेको थियो । अठाइस स्थानीय तहसँग समझदारी पत्रमा हस्ताक्षर भएसँगै अब वाग्मती प्रदेशबाट समझदारी पत्रमा हस्ताक्षर गर्ने स्थानीय तहको सङ्ख्या ३० पुगेको छ ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वर्तमान समितिले भूमिसम्बन्धी समग्र समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा मुख्यमन्त्री पौडेलले अन्य प्रदेशको तुलनामा वाग्मती प्रदेशले भूमि समस्या समाधानसम्बन्धी कार्य तीव्र रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमिहीनको समस्या समाधान आयोगले तीव्र रुपमा काम अघि बढाएको जानकारी दिनुभयो ।

वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले भूमीहीन नेपालीले भूमि प्राप्त गर्न कार्यमा प्रदेश सरकारले प्राथमिकताका साथ काम अघि बढाएको बताउनुभयो । प्रदेश प्रमुख प्रतिपक्षी दल नेता इन्द्रबहादुर बानियाँले भूमिसम्बन्धी समस्या समाधान कार्य पारदर्शी रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । भूमिगत व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा मतिना जोशी वैद्यको अध्यक्षतामा सम्पन्न भएको थियो । रासस

 


Thali Mobile Pvt.Ltd.