भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

६ महिनामा पर्ने पानी डेढ दिनमा परेपछि इटालीमा बाढीबाट दर्जन बढीको मृत्यु

६ महिनामा पर्ने पानी डेढ दिनमा परेपछि इटालीमा बाढीबाट दर्जन बढीको मृत्यु

एजेन्सी । बाढीका कारण इटालीमा एक दर्जन बढीको मृत्यु भएको छ । बाढीमा परी अहिलेसम्म १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । इटालीका २० वटा भन्दा बढी नदीमा एकै पटक आएको जनाएको छ ।

अन्तर्राष्ट्रिय बाढीबाट हज्जारौं मानिस विस्थापित भएका छन् । राभेन्ना शहर बाढीबाट सबैभन्दा बढी प्रभावित भएको छ । बाढीले ल्याएको लेदो माटोले वस्ती नै भरिभराउ भएको स्थानीय अधिकारीहरुले बताएका छन् । बाढीबाट सडक, सार्वजनिक स्थल र निजी घरहरु समेत क्षतविक्षत भएका छन् ।

बाढी प्रभावित क्षेत्रका वासिन्दाले अहिलेसम्म यस्तो वितण्डा कहिल्यै नदेखेको बताएका छन् । बाढीमा फसेकाहरुको उद्धार र पुनस्थापनाका लागि ठूलो संख्यामा आपत्कालिन फौज परिचालन गरिएको छ । ६ महिनामा पर्ने पानी डेढ दिनमा परेपछि देशका लगभग सबै नदीका किनार विष्फोट भएको हो ।

 


Thali Mobile Pvt.Ltd.