भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

६ महिनामा पर्ने पानी डेढ दिनमा परेपछि इटालीमा बाढीबाट दर्जन बढीको मृत्यु

६ महिनामा पर्ने पानी डेढ दिनमा परेपछि इटालीमा बाढीबाट दर्जन बढीको मृत्यु

एजेन्सी । बाढीका कारण इटालीमा एक दर्जन बढीको मृत्यु भएको छ । बाढीमा परी अहिलेसम्म १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । इटालीका २० वटा भन्दा बढी नदीमा एकै पटक आएको जनाएको छ ।

अन्तर्राष्ट्रिय बाढीबाट हज्जारौं मानिस विस्थापित भएका छन् । राभेन्ना शहर बाढीबाट सबैभन्दा बढी प्रभावित भएको छ । बाढीले ल्याएको लेदो माटोले वस्ती नै भरिभराउ भएको स्थानीय अधिकारीहरुले बताएका छन् । बाढीबाट सडक, सार्वजनिक स्थल र निजी घरहरु समेत क्षतविक्षत भएका छन् ।

बाढी प्रभावित क्षेत्रका वासिन्दाले अहिलेसम्म यस्तो वितण्डा कहिल्यै नदेखेको बताएका छन् । बाढीमा फसेकाहरुको उद्धार र पुनस्थापनाका लागि ठूलो संख्यामा आपत्कालिन फौज परिचालन गरिएको छ । ६ महिनामा पर्ने पानी डेढ दिनमा परेपछि देशका लगभग सबै नदीका किनार विष्फोट भएको हो ।

 


Thali Mobile Pvt.Ltd.