भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

अखिल (क्रान्तिकारी)को सम्मेलन असोजमा

अखिल (क्रान्तिकारी)को सम्मेलन असोजमा

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीको २२औँ राष्ट्रिय सम्मेलन आगामी असोजमा हुने भएको छ । केन्द्रीय समितिको भर्चुअल बैठकले ‘शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चिताका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२औँ राष्ट्रिय सम्मेलन’ भन्ने नाराका साथ असोज ८ देखि १० गतेसम्म सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए।

यसका लागि विभिन्न १० उपसमितिसमेत गठन गरिएको छ । मूल व्यवस्थापन तथा प्रतिवेदन लेखन उपसमिति संयोजक रन्जित तामाङ, प्रचार तथा प्रसार उपसमिति उपाध्यक्ष बस्नेत, आर्थिक उपसमिति पञ्चा सिंह, अतिथि व्यवस्थापन उपसमिति दीपक देवकोटा, प्रतिनिधि चयन तथा अभिलेखीकरण उपसमिति तिलकराज भण्डारी, मेस व्यवस्थापन उपसमिति विजय गौतम, विधान संशोधन उपसमिति उत्तम अधिकारी, स्वास्थ्य उपसमिति दीपेश पुन, स्वयम्सेवक उपसमिति इन्द्र भुसाल र प्राविधिक उपसमिति रविकिरण यादव रहनुभएको छ ।

यसअघि क्रान्तिकारीको २१औँ राष्ट्रिय सम्मेलन २०७४ सालमा भएको थियो । सम्मेलनमा भौतिक उपस्थितिमा गर्ने निर्णय गरेको छ । उद्घाटन सत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठान र बन्दसत्र कीर्तिपुरस्थित त्रिवि केन्द्रीय क्याम्पस हुने भएको जानकारी दिए । सङ्क्रमण बढ्दै गए भने सम्मेलन भर्चुअलबाट गर्ने निर्णय क्रान्तिकारीले गरेको छ । कोरोना भाइरसका कारणले सम्मेलनमा उपस्थित हुने प्रतिनिधिको सङ्ख्या घटाएर सात सय ९९ पु¥याइएको छ । यसअघि दुई हजार दुई सय २२ जना प्रतिनिधि रहेका थिए ।

प्रदेश समिति थप कार्यकारी बनाउने र केन्द्रीय समितिको सङ्ख्या घटाउन जानकारी दिए । अहिले क्रान्तिकारीको दुई सय ४३ जनाको केन्द्रीय समिति रहेको छ । सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । कार्यसमितिको दुईवर्षे कार्यकाल रहेको छ । यसैबीच माओवादी निकट योङ् कम्युनिष्ट लिग वाईसीएलको पनि राष्ट्रिय भेला चलिरहेको छ । भेलाले नयाँ नेतृत्व चयन गर्नेछ । यस्तै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी निकट अखिल क्रान्तिकारीले पनि आगामी असोज ६ देखि ८ गतेसम्म पोखरामा २२औँ राष्ट्रिय सम्मलेन गर्ने निर्णय गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.