भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

अख्तियारका आयुक्त भ्रष्टाचारी ठहर

अख्तियारका आयुक्त भ्रष्टाचारी ठहर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठक भ्रष्टाचारी ठहर भएका छन् । अदालतले उनलाई तीन वर्ष तीन महिना कैद र ३९ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । मुद्दामा नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक भनिएका लम्बोदरकुमार न्यौपाने पनि दोषी ठहर भएका छन् ।

उनलाई तीन वर्ष कैद र ३९ लाख रुपैयाँ जरिवाना अदालतले तोकेको छ । अख्तियारको आयुक्त भएको अवस्थामा घुस लिएकाले पाठकलाई थप तीन महिना कैद सजायको फैसला भएको विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीले बताए ।

भक्तपुर चाँगुनारायणस्थित कलेजको स्वामित्व विवादसम्बन्धी उजुरी मिलाउन सञ्चालक न्यौपानेले दिएको ७८ लाख घुस रिसवत लिएको पुष्टि भएको भन्दै अख्तियारले २०७५ चैत १२ गते विशेषमा अभियोगपत्र दर्ता गरेको थियो ।

पाठकविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ (१) बमोजिमको कसुरमा बिगो ७८ लाख रुपैयाँ कायम गरी दफा ३ (१) र सोही उपदफाको देहाय (ज) बमोजिम जरिवाना कैद सजाय माग गरिएको थियो । यस्तै पाठक पदमा बहाल रहेकै अवस्थामा कसुर गरेको भन्दै दफा २४ बमोजिम थप तीन वर्षसम्म कैद सजाय माग गरिएको थियो ।

पाठकले घुस लिएको श्रव्यदृश्य २०७५ फागुन १ गते सार्वजनिक भएको थियो । उनले फागुन ३ गते पदबाट राजीनामा गरेपछि अनुसन्धान गरिएको थियो । ४० लाख र ३८ लाख नगद दुईपटक गरी कलेजका तत्कालीन अध्यक्ष न्यौपानेका तर्फबाट पाठकलाई बुझाएको भनी ज्ञानेन्द्र झाले अख्तियारमा बयान दिएका थिए ।

भिडियोमा पाठकको सिफारिस र रोहवरमा शुभनारायण पाठकले थप १५ लाख रुपैयाँ अतिरिक्त घुस लिएको अभियोग लगाइएको थियो । उक्त रकम कलेजसँग सम्बन्धित नरहेको भन्दै अख्तियारले त्यस सम्बन्धमा छुट्टै थप अनुसन्धान गर्ने निर्णय गरेको थियो । सरकारले गठन गरेको छानबिन समितिले तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाएको थियो ।

 


Thali Mobile Pvt.Ltd.