अघोरी बाबाकी पत्नी भनेर चिनिएकी शारदा पाण्डे प्रहरीकाे नियन्त्रणमा

अघोरी बाबाकी पत्नी भनेर चिनिएकी शारदा पाण्डे प्रहरीकाे नियन्त्रणमा

काठमाडौं ।अघोरी बाबाको पत्नीका रुपमा चिनिएकी शारदा पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त, बौद्धले उनलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको हो ।

उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले बताए । पाण्डेलाई प्रहरीले बोलाएपछि अघोरी बाबा विजय केसी पनि सँगै गएका थिए ।

विदेश पठाइदिन्छु भनेर ठगी गरेको आरोप पाण्डेमाथि छ ।

 


Thali Mobile Pvt.Ltd.