भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा | दुई महिनामा ८८७ व्यावसायिक फर्ममा अनुगमन, ७४ लाई कारबाही | असोजमा रेमिट्यान्सको ऐतिहासिक कीर्तिमान, एकै महिनामा भित्रियो २ खर्ब ६७ अर्ब | नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त | काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर, प्रदूषण नियन्त्रणको कार्ययोजना सार्वजनिक गर्दै महानगर | मलेसिया जाने श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी |

मलेसिया जाने श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी

मलेसिया जाने श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी

काठमाडौँ, ३ मंसिर । मलेसियामा रोजगारीका लागि जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी तथा सङ्गठित अपराध प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । मलेसिया जाने श्रमिकबाट डेढ अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरी त्यसको व्यवस्थापनमा संलग्न रहेको आरोपमा जिल्ला अदालतले अर्यालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका क्रममा श्रमिकलाई आर्थिक शोषण गर्ने गिरोहसँग अर्यालको समेत मिलेमतो रहेको आशङ्का गरिएको छ । प्रहरीका अनुसार श्रमिकबाट गैरकानुनी रूपमा रकम सङ्कलन गर्ने र त्यसको व्यवस्थापन गर्ने प्रक्रियामा उनको संलग्नता रहेको आरोप छ ।

यही प्रकरणमा सीआईबीले यसअघि पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका तत्कालीन सचिव, सहसचिव र उपसचिव गरी छ जनालाई पक्राउ गरेको थियो । प्रहरीले ठगीमा संलग्न मुख्य व्यक्तिहरू तथा उनीहरूलाई संरक्षण दिएको आशङ्का गरिएका सरकारी संयन्त्रका अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको समझदारीविपरीत गैरकानुनी रूपमा सङ्कलन गरिएको रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ मलेसिया पठाउने निर्णय भएको थियो । सम्झौताको दायरा र कानुनी प्रक्रिया मिचेर अधिकार क्षेत्रभन्दा बाहिर गई विदेशी मुद्रा पठाउने निर्णयमा संलग्न रहेको आरोप अनुसन्धानमा जोडिएको छ ।

श्रमिकमाथि सङ्गठित रूपमा ठगी हुँदा आवश्यक कानुनी उपचार अघि नबढाएको, गैरकानुनी रूपमा रकम सङ्कलन गरिएको विषयमा मौन बसेको र उक्त रकम मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा सम्बन्धित व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.