भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

अझै सकिएन मनोनयन प्रक्रिया

अझै सकिएन मनोनयन प्रक्रिया

पोखरा । यहाँ अझै मनोनयन प्रक्रिया सकिएको छैन । आयोगले व्यवस्थापन गर्न नसक्दा उम्मेद्वार मात्र होइन कर्मचारीसमेत समस्यामा परेका छन् ।

रातभर लगाएर मनोनयनको बाँकी काम गरिरहेको कर्मचारीले बताएका छन् । अझै केही घण्टा लाग्ने मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए ।

व्यक्तिगत ल्यापटपबाट काम गरिरहेको कर्मचारीले बताए । जेनरेटर नहुँदा केही समय कामै रोकिएको उनीहरुको भनाइ छ । आयोगले तोकेको भन्दा बढी कर्मचारी राख्न नपाएका कारण पनि समस्या भइरहेको भट्टराईले सुनाए ।

पोखराको मेयरका लागि २५ र उपमेयरका लागि ९ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । गण्डकी प्रदेशभरि हालसम्म १२ हजार एक सय ४६ जनाले मनोनयन दर्ता गराइसकेका छन् ।

तथ्यांक बाँकी भएकाले बढ्न सक्ने छ । आयोगले दुई दिन मनोनयनको समय तोके पनि सबैजसो दलहरू भोलिपल्ट अन्तिम समयमा मात्रै पुगेका थिए ।

 


Thali Mobile Pvt.Ltd.