भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मेयरमा भिड्दै कर्णालीकी चार चेली

मेयरमा भिड्दै कर्णालीकी चार चेली

सुर्खेत । कर्णाली प्रदेशका चार चेलीले मेयरमा उम्मेदवारी दिएका छन् । १० जिल्लाका ७९ पालिकामध्ये चार नगरपालिकाको मेयरमा महिला उम्मेदवारी परेको हो ।

वीरेन्द्रनगर नगरपालिका, दैलेखको नारायण नगरपालिका तथा कालीकोटको रास्कोट र खाडाँचक्र नगरपालिका मेयरमा उम्मेदवारी दिएका हुन् ।

वीरेन्द्रनगरमा एमालेबाट मोहनमाया ढकाल, नारायण नगरपालिकामा कांग्रेसबाट निर्मला खड्का र खाँडाचक्रमा कांग्रेसकी तारा शाहीले उम्मेदवारी दिएकी हुन् ।

रास्कोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा नेतृ धिरिन्द्रा उपाध्याय ‘भृकुटी’ ले स्वतन्त्रबाट उम्मेदवारी दिएकी छन् । ढकाल यसअघि वीरेन्द्रनगरकी उपमेयर थिइन् भने खड्का यसअघि वडा सदस्य थिइन् ।

 


Thali Mobile Pvt.Ltd.