भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

मेयरमा भिड्दै कर्णालीकी चार चेली

मेयरमा भिड्दै कर्णालीकी चार चेली

सुर्खेत । कर्णाली प्रदेशका चार चेलीले मेयरमा उम्मेदवारी दिएका छन् । १० जिल्लाका ७९ पालिकामध्ये चार नगरपालिकाको मेयरमा महिला उम्मेदवारी परेको हो ।

वीरेन्द्रनगर नगरपालिका, दैलेखको नारायण नगरपालिका तथा कालीकोटको रास्कोट र खाडाँचक्र नगरपालिका मेयरमा उम्मेदवारी दिएका हुन् ।

वीरेन्द्रनगरमा एमालेबाट मोहनमाया ढकाल, नारायण नगरपालिकामा कांग्रेसबाट निर्मला खड्का र खाँडाचक्रमा कांग्रेसकी तारा शाहीले उम्मेदवारी दिएकी हुन् ।

रास्कोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा नेतृ धिरिन्द्रा उपाध्याय ‘भृकुटी’ ले स्वतन्त्रबाट उम्मेदवारी दिएकी छन् । ढकाल यसअघि वीरेन्द्रनगरकी उपमेयर थिइन् भने खड्का यसअघि वडा सदस्य थिइन् ।

 


Thali Mobile Pvt.Ltd.