भर्खरै : Sorry, your browser does not support inline SVG.

अटेर गरे कारबाही हुने नेपाल दूरसञ्चार प्राधिकरणको चेतावनी, २४ घण्टाभित्र टिकटक बन्द भएन नभएको बारे जवाफ माग

अटेर गरे कारबाही हुने नेपाल दूरसञ्चार प्राधिकरणको चेतावनी, २४ घण्टाभित्र टिकटक बन्द भएन नभएको बारे जवाफ माग

काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणलाई सरकारले २४ घण्टे जवाफ मागेको छ । टिकटक बन्द गरे र नगरेकोबारे २४ घण्टाभित्र जवाफ दिन सरकारले निर्देशन दिएको हो । नेपाल दूरसञ्चार प्रधिकरणले इन्टरनेट सेवा प्रदायकलाई टिकटक बन्द भए नभएको बारे जानकारी दिन उक्त निर्देशन दिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक सूचना निकालेर २४ घण्टा भित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भए नभएको बारे जानकारी दिन र यसअवधिमा जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन २०५३ अनुसार अनुमति पत्र खारेजीलगायतको कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

यसअघि टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयन गरी जानकारी गराउन सबै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकलाई निर्देशन दिए पनि अहिलेसम्म त्यसको जानकारी नआएकाले २४ घण्टा भित्र जानकारी दिन प्राधिकरणले निर्देशन दिएको हो ।

गएको कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले सामाजिक सदभाव बिग्रिन थालेको भन्दै टिकटकको प्रयोगलाई बन्द गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै प्राधिकरणले तत्काल टिकटक बन्द गर्न सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो ।

तर, त्यस पछि पनि केही सेवा प्रदायक कम्पनीले निर्देशन कार्यान्वयन नगरेको भन्दै प्राधिकरणले कारबाही गर्ने चेतावनी दिएको हो । टिकटक बन्द गराउन गएको कात्तिक २८ गते र मंसिर २ गते सार्वजनिक सूचना निकालिसकेकाले अबको २४ घण्टा भित्र जवाफ पेश गर्न प्राधिकरणले निर्देशन दिएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.